दफा १२४
सार्वजनिक उपद्रयाईं गर्न नहुने

(१) कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले कुनै काम गरी वा कानून बमोजिम गर्नु पर्ने कुनै काम नगरीछरछिमेक वा सर्वसाधारणलाई कुनै प्रकारको हानि, नोक्सानी, क्षति वा खतरा पुर्याउन वा झिम्याहट गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।